तेह्रथुम । जिल्लाको पुर्वी आठराई गाउँपालिकाको केन्द्र सक्रान्तिबजारमा लाग्ने ऐतिहासीक मदन मेला यस वर्षपनि वैशाख महिनामा संचालन हुने भएको छ । गत वर्ष स्थगित भएको मदन मेला यसवर्ष पुनः लाग्ने भएको हो । मेला संचालनका लागि गाउ“पालिकाका उपाध्यक्ष रुपादेवी कन्दङवाको अध्यक्षतामा १३ सदस्यीय “आठराई मदन मेला” मुल आयोजक समिति गठन गरिएको छ ।

मेला संचालनका लागि गाउ“पालिका अध्यक्ष मानबहादुर लिम्बूको संयोजकत्वमा ९ सदस्यीय सल्हाकार समिति पनि गठन भएको उद्योग वाणिज्य संघ उपशाखा संक्रान्ति बजारका अध्यक्ष प्रेम पौडेलले जानकारी दिए । मदन मेलाका संरक्षक कमलमणि दिक्षितको निधन भएको र संक्रान्तिबजारमा आगलागी भएका कारण गत वर्ष मदन मेला संचालन भएको थिएनँ ।

वि.स.२०१५ सालदेखि अक्षय तृतीयाको अवसरमा लाग्दै आएको मदन–मेला माओवादी द्धन्दको समयमा लामो समय वन्द रहेको थियो । तत्कालिन रानी जगदम्बाले स्व. पति मदन शम्शेरको स्मृतिमा मदन ट्रष्ट स्थापना गरी मदन धारा, जगदम्बा दातब्य औषधालय, अतिथि भवन र रानी चौतारा निर्माण गरीदिए पछि मदन मेला संचालन भएको उद्योग वाणिज्य संघ उपशाखाका अध्यक्ष पौडेलले बताए ।

मदन ट्रष्टका संरक्षक दिक्षितको पहलमा पुनः नया“ वर्षको अवसर पारेर २०६८ साल देखि मेलालाई निरन्तरता दिइएको थियो । संक्रान्ति बजारमै रहेको अतिथि भवन माओवादीले द्धन्दको समयमा ध्वस्त पारेका थिए । द्धन्द्धको समय देखी नै बन्द भएको औषधालय भने अहिले सम्म संचालनमा आउन सकेको छैन् ।

तपाईको प्रतिक्रिया