तेह्रथुम । फागु पुर्णिमाको अवसरमा जिरिखिम्ती बजारमा आज सम्पन्न खोरुन्डे मेलाको अवसरमा आयोजित खुला पुरुष फुटबल प्रतियोगिताको उपाधि ड्रिम व्वाइज अम्फुवा म्याङलुङ्ग नगरपालिकाले चुमेको छ ।

फाइनल खेलमा रियल लसुने, लालीगुराँस नगरपालिकालाई १–० को झिनो अन्तरले पराजित गर्दै अम्फुवाले उपाधि जितेको हो । उपाधिसँगै अम्फुवाले ७० हजार १ सय ११ रुपैयाँसहित तीन वर्षे रनिङ शिल्ड, मेडल र प्रमाण पत्र पाएको छ । हारसँगै उपविजेता बनेको लसुनेले ४० हजार १ सय ११ रुपैयाँ सहित कप मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।

म्याङलुङ्ग नगरपालिकाका प्रमुख सन्जय तुम्बाहाम्फको प्रमुख आत्थियतामा भएको कायृक्रममा प्मुख जिल्ला अधिकारी वेदनिधि खनाल, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष केशवकुमार भट्टराई लगायतले मन्तव्य राख्नुभएको छ ।
पुरस्कार वितरण तथा मेला समापन कार्यक्रम आयोजक जिरिखिम्ती युवा क्लबका अध्यक्ष स्व्यम् सिंजागुको अध्यक्षतामा सम्पन भएको थियो । खेलकुद कार्यक्रमसँगै यो वर्षको खोरुण्डे मेला पनि सम्पन्न भएको छ ।

तपाईको प्रतिक्रिया