तेह्रथुम । किराँत याक्थुङ चुम्लुङ, जिल्ला शाखा कार्य समितिको अध्यक्षमा पुनः गणेशकुमार सेनेहाङ चयन भएका छन् । सदरमुकाम म्याङलुङ्गमा भएको चुम्लुङको अधिवेशनले सेनेहाङको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

समितिको उपाध्यक्षमा दिल पाक्साँवा, सचिवमा तेजमान कन्दङवा, सहसचिवमा शेशेहाङ चोङवाङ र कोषाध्यक्षमा सन्जु तुम्बाहाम्फे चयन हुनुभएको छ । किराँत याक्थुङ चुम्लुङ लिम्बु समुदायको छाता संस्थाको रुपमा रहेको छ । लिम्बु जातिको बाहुल्य रहेको जिल्लामा किराँत याक्थुङ चुम्लुङ निकै महत्वपुर्ण मानिन्छ । जिल्लामा ३५ प्रतिशत बढी लिम्बु समुदाय बसोबास गर्छन् ।

चुम्लुङले लिम्बु जातिको भाषा, संस्कृति, कलाको संरक्षण तथा उत्थान र लिम्बु जातिको विकासको लागि काम गर्ने अध्यक्ष सेनेले बताए । नवनिर्वाचित कार्य समितिको सदस्यहरुमा स्वयम् सिंजागु, सुविन्द्रकुमार थेगुवा, कल्पना सम्बाहाम्फे, बलदेव तुम्बाहाम्फे, दिलकुमारी लिम्बु, आइतराज लिम्बु, राजकुमार लिम्बु, तुलसीमान तिगेला, सर्मिला लिम्बु, प्रेमबहादुर फोम्बो, लोकबहादुर सिंगक, डिल्ली फोम्बो, राजिव ईङनाम र कुमार कन्दङवा रहेका छन् ।

यस्तै चुम्लुङको केन्द्रीय प्रतिनिधिमा कृष्णमान तुम्बाहाम्फे, राज्यप्रसाद लुङफुङवा, सन्चु सम्बाहाम्फे र कृष्णकुमार चोङवाङ चयन हुनुभएको छ । शुक्रबारबाट सुरु भएको अधिवेशनले लामो छलफल पछि पुनः सर्वसम्मत नेतृत्व चयन गरेको हो ।

तपाईको प्रतिक्रिया