भोजपुर । स्वास्थ्य चौकीको नयाँ भवन निर्माणको लागि षडानन्दा नगरपालिका–९, किमालुङ्गका लाखबहादुर तामाङले निःशुल्क जग्गा प्रदान गर्नुभएको छ ।
पूर्ण रुपमा अपाङ्ग रहेका तामाङले भवन निर्माण गर्न १३ लाख बराबरको ५ रोपानी जग्गा प्रदान गरेको हो । जग्गा निःशुल्क उपलब्ध भएपछि सो स्थानमा १६ कोठे पक्की भवनको निर्माण भइरहेको स्वस्थ्या चौकीले जनाएको छ ।
भवन निर्माणपछि साङ्गपाङ्ग, खार्ताम्छा, तुंगेछालगायतका सर्वसाधारणले सेवा पाउने स्वस्थ्या चौकीले जनाएको छ ।