झापा । झापाको अर्जुनधारा ११ स्थित सुखानी सहिद स्मृति प्रतिष्ठान उत्तर पूर्ब नमुना सामुदायिक बनमा १६ औं राष्ट्रिय विभुति महागुरु फाल्गुनन्द लिङ्देनको सालिक साथै किराँतेश्वर माङहीम निर्माण कार्य सम्पन्न भएको छ ।
सो शालिक आगमी चैत १ गते अनावरण हुने फाल्गुनन्द सालिक निर्माण समितिका सह–सचिव तथा आर्थिक विभाग संयोजक ज्ञानेन्द्र इङ्गनामले जानकारी दिए । भुतपूर्व सांसद शेरबहादुर इङ्गनामको अध्यक्षतामा १३ सदस्यीय सालिक निर्माण समिति बनेको छ ।
सालिक ५० लाखको लगानीमा निर्माण भएको हो । सालिलक निर्माणका लागि लगानी देश बिदेशमा रहेका दाताहरू साथै झापा जिल्ला समन्वय समितिको आर्थिक सहयोगमा निर्माण भएको इङ्गनामले बताए । सालिक गुरु आत्मानन्द लिङ्देन र उनकी पत्निले संयुक्त रुपमा अनावरण गर्नेछन् ।
उक्त क्षेत्रलाई धार्मिक तथा पर्यटकीय तिर्थस्थलको रुपमा बिकास गर्ने योजना भए पछि एकै स्थानमा हिन्दु धर्मका काली मन्दिर, राई जातिको साकेला थान, सुनुवार, चौधरी र राजबंशी लगायतका मठ मन्दिर निर्माण हुने कार्य तिब्र रुपमा बढि रहेको छ । पार्क भित्री रहेका झिल, कछुवा अध्यन केन्द्र, सहिदहरुका मूर्ति साथै सुरिला सुरिला रुखहरुले घुम्न आउने पाउनालाई आन्नद दिलाउने बताइएको छ ।