तेह्रथुम । बुधबारको वर्षासँगै भएको हिमपातले तीनजुरे मिल्के जलजले क्षेत्रका डाँडाकाँडा सेताम्मे बनेका छन् । यो क्षेत्रमा वर्षासँगै यसवर्षकै सर्वाधिक हिमपात भएको छ । तीनजुरे, चौकी, मंगलबारे, गुफापोखरी, मेन्छ्यायेम डाँडा, मिल्के लगायत क्षेत्र हिउँले ढाकेको छ ।

गुफाबजारमा निरन्तर हिमपात भइरहेको र अहिले दुई फिट हिउँ परेको स्थानीय मन्जु खनालले जानकारी दिनुभयो । यी क्षेत्रमा यो वर्ष यसअघि यत्तिका बाक्लो हिउँ परेको थिएनँ । हिउँले भरिएका डाँडाकाँडामा विहानैदेखि आन्तरिक पर्यटकहरु हिउँ खेल्न पुगेका छन् ।

वर्षाले जिल्लाका किसानलाई समेत हर्षित बनाएको छ । पाँच महिनादेखि वर्षा नहुँदा हिउँदे बाली लगाउन नपाएका किसानलाई वर्षाले बाली लगाउन सहज बनाएको हो ।

तपाईको प्रतिक्रिया