भोजपुर । धेरै वर्षदेखि खानेपानीको समस्या झेल्दै आएका सदरमुकाम नजिकैको पर्यटकिय स्थल सुन्तले बजारमाबासिन्दाले खानेपानी बजारमा पुर्याएका छन् ।
उक्त बजारमा लिफ्ट प्रविधिबाट खानेपानीको सुविधा पुगेको हो । सुन्तले बजारदेखि तीन सय मिटरको दूरी तल रहेको हेलौँछा च्यानडाँडाबाट लिफ्टिङ प्रविधिमार्फत घर–घरमा पिउने पानी आएपछि सुन्तले बजारबासी हर्षित भएका छन् ।
पहाडी क्षेत्रमा यो प्रविधि विल्कुलै नयाँ रहेको यो प्रविधिले सुन्तलमा रहेको १४ घरधुरीलाई खानेपानी र करेसाबारीमा सिँचाई गर्न ठूलो मद्दत पुग्नेछ । घरकै धारामा पानी आउन थालेपछि आफूहरुलाई घण्टौं लगाएर खानेपानी लिन धाउनुपर्ने समयबाट छुटकारा मिलेको स्थानीयबासी मचिन्द्र राईले बताउनुभयो ।
करिब साढे चार लाख रुपैयाँको नीजी लगानीमा बनेको मुहानको पानीलाई १५÷२० मिटरको ओरालो दूरीमा ड्राइभ पाइपमार्फत ट्याङकीमा पठाई पानी र हावाको दवावले तानिएको एक तिहाई पानीलाई डेलिभरी पाइपको माध्यमबाट सुन्तले बजारसम्म पुर्याइएको छ ।
झन्झटिलो विधुतिय उपकरणको रेखदेखभन्दा अतिउत्तम ठानिएको यो प्रविधि पानी र हावाको संयोजित बलमार्फत ड्रलिक र्याम्प पम्पको मद्दतले एक सय २० मिटर उचाइको दूरीमा पानी तान्न बनाइएको इन्जिनियर एकराज भट्टराईले बताउनुभयो । नेपालमा यस प्रविधिको प्रयोग नयाँ भएकाले यसको प्रचारप्रसारका साथै विस्तार गर्ने सुरुवाती खुड्किलो सन्तुले बजारबाट भएको भट्टराईले बताउनुभयो ।
प्रतिमिनेट दुई दशमलव पाँच लिटर पानी तान्ने यो प्रविधिबाट एकदिनमा झण्डै साढे चार हजार लिटर पानी आउनेछ । जसले दैनिक उपभोग्य कामबाहेक सब्जीखेतीका लागि उपयोग गर्न सकिने इन्जिनियर भट्टराई बताउनुहुन्छ ।
उच्च पहाडी भेगमा खानेपानीको पहुँच पु¥याउन यो पानी तान्ने उत्तम माध्यम अढाई सय वर्षअघि अफ्रिकन मुलुक तथा ब्रिटीस आर्मीले सुरुवात गरेको इन्जिनियर भट्टराईले बताउनुभयो ।