काठमाडौं, माघ २१ – आइतबार देशका धेरै ठाउँको मौसम सफा रहने मौसमविद्ले बताएका छन् । अहिले भने तराईका जिल्लामा बाक्लो हुस्सु लागेको छ । काठमाडौं उपत्यका र आसपासका जिल्लामा पनि अहिले कुहिरो लागेको तर विस्तारै मौसम खुल्दै जाने मौसमविद् राजु प्रधानांगले जानकारी दिनुभयो ।