जीवन उप्रेती

तेह्रथुम ।आठराई गाउँपालिका–५, छातेढुंगा स्थित पोखरी माविको खेलमैदानमा चलिरहेको भगवती रनिङ पुरुष फुटबल प्रतियोगितातर्फ मंगलबार चार खेल सम्पन्न भएका छन् । पहिलो खेलमा सुपारे बागथला छातेढुंगााले खेलकुद विकास समिति इवालाई १–० गोलले पराजित गरेको छ ।

दोश्रो खेलमा गणेश चोक, पाँचथरले कालिका आवि, चुहानडाँडालाई ५–१ को फराकिलो गोल अन्तरले पाखा लगाएको छ भने तेश्रो खेलमा खाम्लालुङ खेलकुद विकास समितिले लुङ्छाता, छातेढुंगालाई ३–० लाई पराजित गरेको छ । अन्तिम खेलमा खेलकुद विकास समिति छातेढुंगाले खेलकुद विकास समिति ह्वाकुलाई ४–० ले पराजित गरेको आयोजक दिपावली मेला, खेलकुद सन्चालक समितिले जनाएको छ ।

बुधबारकोे पहिलो खेल चम्किलो तारा युवा क्लब इवा र याशोक पाँचथरको बीचमा हुने आयोजकले जनाएको छ । तेह्रथुम, पाँचथर र सुनसरीका १२ टिम सहभागी प्रतियोगितामा विजेताले नगद १ लाख ५ हजार १ सय ११ र उपविजेताले नगद ५१ हजार १ सय ११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । विगतमा हरेक वर्ष तिहारमा लाग्दै आएको दिपावली मेला यो वर्ष चुनावका प्रभावित भएको थियो ।

आइतबारबाट सुरु भएको मेला अन्तर्गत पुरुष फुटबल सहित महिला फुटबल, भलिबल, टेवल टेनिस, व्याडमिन्टन, धान नाच लगायतका कार्यक्रमसहित भव्य रुपमा सन्चालन भइरहेको छ । मानव कल्याणकारी सेवा केन्द्र र दिपावली मेला समितिको संयुक्त आयोजनामा सन्चालित मेला माघ २० गते सकिनेछ ।

तपाईको प्रतिक्रिया