तेह्रथुम । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन तेह्रथुमले अखिलका पुर्वनेता तथा पार्टीबाट स्थानीय, प्रदेश तथा प्रतिनिधि सभामा निर्वाचित भएका जनप्रतिनिधिलाई सम्मान गरेको छ ।

शहिद दिवसको अवसरमा अनेरास्ववियुले सदरमुकाम म्याङलुङ्गमा गरेको एक कार्यक्रममा प्रतिनिधि सभा सदस्य भवानीप्रसाद खापुंङ, प्रदेश सभा सदस्यद्धय लक्ष्मण तिवारी र तेजमान कन्दङवालाई सम्मान गरेको हो ।

यस्तै म्याङलुङ्ग नगरपालिकाका प्रमुख सन्जय कुमार तुम्बाहाम्फे, उपप्रमुख पार्वतीसानु डाँगी, आठराई गाउँपालिकाका अध्यक्ष मानबहादुर लिम्बु र उपाध्यक्ष रुपादेवी कन्दङवा, फेदाप गाउँपालिका अध्यक्ष हरि चोङवाङ र उपाध्यक्ष गीतादेवी थापा, मेन्छ्यायेम गाउँपालिका अध्यक्ष यादवबहादुर खापुङ, छथर गाउँपालिका अध्यक्ष सन्तवीर तिगेला र उपाध्यक्ष तारादेवी खरेललाई पनि सम्मान गरेको छ ।

सम्मान पत्र र खादा ओढाएर पुर्वविद्यार्थी नेता तथा पार्टीका नेताहरुलाई जनप्रतिनिधिको रुपमा निर्वाचित भएकोमा हार्दिक बधाई सहित सम्मान गरिएको जिल्ला अध्यक्ष प्रकाश श्रेष्ठले बताउनुभयो । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन नेकपा एमालेको विद्यार्थी संगठन हो ।

तपाईको प्रतिक्रिया