तेह्रथुम । नेकपा एमालेका सचिव एवम् ताप्लेजुङबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित योगेश भट्टराईले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकतालाई अब कसैले रोक्न नसक्ने बताउनुभएको छ ।

प्रेश चौतारी नेपाल तेह्रथुमले सदरमुकाम म्याङलुङ्गमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै युवा नेता भट्टराईले यस्तो बताउनुभएको हो । पत्रकार सम्मेलनमा बोल्दै उहाँले बाम गठबन्धन र उसका एजेण्डालाई जनताले रुचाएको यो घडीलाई उपयोग गर्न चुक्न नहुने बताउनुभयो ।

उहाँले दुई पार्टीबीचको एकता प्रक्रिया शीघ्र सम्पन्न हुने र मुलुकको आर्थिक समृद्धिको बाटो अघि बढ्ने धारणा राख्नुभयो । अब दुई पार्टी एकता भएपछिको कम्प्युनिष्ट सरकार लोकप्रिय बन्ने र उसले गरेका कार्यकै कारण आगामी निर्वाचनमा समेत कम्प्युनिष्ट शक्तिहरुलाई दुई तिहाई पु¥याउन कुनै मुस्किल नहुने नेता भट्टराईले बताउनुभयो ।

तपाईको प्रतिक्रिया