तेह्रथुम । छथर गाउँपालिका–४ फाक्चामाराको परेवाखोप चिग्रङमा रहेको गणेश देबीलाई प्रबासीहरुले ४ लाख ५० हजार बढी रकम सहयोग गरेका छन् । देवस्थलमा दर्शनार्थीहरुलाई दर्शन गर्न समस्या रहेका कारण संरक्षण तथा सम्बर्धनका लागि देबस्थल संरक्षण अभियान सञ्चालन गरी सो रकम बराबरको कार्य सम्पन्न भएको युकेबाट अभियानका प्रमुख ईश्वारमान कुरुम्भङले बताउनुभयो ।
उहाँका अनुसार दक्षिण कोरिया, सिंगापुर, अमेरीका, मलेसिया, कतार, बहराईन, दुबई अष्टे«लियाका साथै नेपालका विभिन्न क्षेत्रमा संकलन भएको ४ लाख ५१ हजार ७ सय ६६ रुपैयाँ रकम देबस्थललाई प्रदान गरिएको थियो । रकम प्राप्त भएसँगै देबस्थलमा खानेपानीको व्यवस्था गरिनुका साथै दर्शनार्थीहरुको लागि बस्ने स्थान निमार्ण गरिएको उहाँले बताउनुभयोे ।
सात्क्षात् देबीको रुपमा रहेको गणेश मन्दिरमा छोरा नभएका परिवारहरुले भाकल गर्दा छोरा हुने जनबिश्वास रहेको यो देबस्थलमा पुर्बको तेह्रथुम, पान्थर, धनकुटा, सुनसरी मोरङ झापा, ईलाम लगायत बिभीन्न ठाँउहरुबाट दर्शन गर्न दर्शनार्थीहरु आउने गरेका छन् ।