सोमनाथ अाचार्य

तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिका–५, छातेढुंगामा सोमबार बहुभाषिक कवि गोष्ठी सम्पन्न भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानको सहयोग तथा दिपावली मेला समिति, साहित्यिक उपसमितिको आयोजनामा भएको कार्यक्रममा तेह्रथुम, पाँचथर, ताप्लेजुङ र झापाका कविहरु सहभागी थिए ।

राई वान्तावा, लिम्बु, तामाङ र नेपाली भाषाका ३६ जना कविहरुले कविता वाचन गरेका छन् । गोष्ठीमा सहभागी कविहरुलाई सहभागिताको प्रमाण पत्रसहित प्रोत्साहन पुरस्कार प्रदान गरिएको छ ।

कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीको प्रमुख आतिथ्यता तथा दिपावली मेला समिति, साहित्यिक उपसमितिका संयोजक भीम घिमिरेको अध्यक्षतामा सम्पन्न भएको थियो । आइतबारबाट सुरु भएको दिपावली मेला अन्तर्गत विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रमहरु भइरहेका छन् । ०३९ सालदेखि लाग्दै आएको मेलामा विशेषरुपमा फुटबल, भलिबल लगायत खेलकूद सन्चालन हुने गरेका छन् ।

तपाईको प्रतिक्रिया