कृष्ण चौंलागार्इ, 

सक्रान्तिबजार । तेह्रथुमको आठराई गाउँपालिकाको केन्द्र संक्रान्तिबजारमा सोमबार बजार अनुगमन भएको छ । जिल्ला प्रशासन कार्यालय तेह्रथुमले बजार अनुगमन गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी जयप्रकाश बस्नेतको सहितको टोलीले बजार अनुगमन गरी तीन जना व्यापरीलार्इ जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ । बजारमा कुनै पनि अखाद्यय पदार्थ र म्याद नागेका खाद्यय सामग्री भने अनुगमनमा नभेटिएको बताइएको छ ।

अनुगमनमा व्यवसाय दर्ता, नविकरण, मुल्य सुचि टाँस, स्थायी लेखा नम्बर, साईनवोर्ड, नापतौल सामाग्री दुरुस्त भए नभएको, म्याद नाघेको सामाग्री, बिक्री विल दिने प्रकृया भए नभएको लगायतको विषयमा सम्वन्धित व्यवसायीहरुलाई टोलीले सुधारको अनुगमन पछि निर्देशन दिएको छ । टोलीले व्यवसाय दर्ता नगरी संचलानमा आएका तीन ओटा पसलका संचालकहरुलाई व्यवसाय दर्ता गरि जिल्ला प्रशासन कार्यालय तेह्रथुमममा एक महिना भित्र हाजिर हुन समेत निर्देशन दिएको छ ।

अनुगमनमा आठराई गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र प्रसाद दाहाल, ईलाका प्रशासन कार्यालय सक्रान्तिवजार तेह्रथुमको प्रमुख कमल पनेरु, १ नम्वर वडा अध्यक्ष कमलबहादुर लिम्वु, ७ नम्वर वडा अध्यक्ष रोहीत कन्दङवा, ईलाका प्रहरी कार्यालयका प्रहरि निरीक्षक डम्वरबहादुर पुरी, शसस्त्र प्रहरी वल शुरक्षा वेश क्याप सक्रान्तिवजारका निरीक्षक जितेन्द्र बहादुर बस्नेत, उद्योग वाणिज्य संघ संक्रान्तिबजार उपशाखाका अध्यक्ष प्रेमप्रसाद पौडेल लगायतको टोलीले वजार अनुगमन गरेको हो ।

तपाईको प्रतिक्रिया