पाँचथर, माघ १३ –शनिबार कवि चारखोलो शिशिरको उपन्यास संग्रह ‘उघ्रिँदो आकाश’ विमोचनसँगै  प्रादेशिक प्रज्ञा प्रतिष्ठानको बारेमा विमर्श कार्यक्रम सम्पन्न भएको छ । कवि शिशिरको एक सय ४१ पृष्ठमा तयार भएको कृति नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले विमोचन गर्नुभयो ।

पुस्तक विमोचनपछि प्रादेशिक प्रज्ञा प्रतिष्ठानको प्रारुपको विषयमा प्राज्ञ उपे्रतीसँग जिल्लाका सरोकारवालाहरुले विमर्श गरेका छन् । विमर्शमा प्रज्ञा प्रतिष्ठानको प्रारुपको बारेमा प्रदेश नम्बर १ को पाँचथरबाट विमर्श थालिएको कुलपति उपे्रतीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया