पाँचथर । पाँचथरमा जीप दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ । ३ जना घाइते भएका छन् ।
गएको राति वारेबुङबाट योङयापका लागि छुटेको ग १ ज ६० ८५ नम्बरको जीप याङबरक गाउँपालिका २ मा दुर्घटना हुँदा १९ वर्षका प्रवेश योङ्या र १६ वर्षका सन्दीप योङयाको ज्यान गएको प्रहरीले जनाएको छ ।
घाइतेलाई उपचारको लागि झापा ल्याउने तयारी भएको छ ।