तेह्रथुम । तेह्रथुमको म्याङ्गलुङमा यसवर्ष पनि अखिल कप भलिबल प्रतियोगिता संचालन हुने भएको छ । सहिद दिवसको अवसर पारेर अनेरास्ववियु तेह्रथुमले माघ १६ गतेदेखी माध्यमिक स्तरीय पुरुष भलिबल प्रतियोगीता संचालन गर्ने भएको हो ।

प्रतियोगीतामा जिल्ला स्थित माध्यमिक विद्यालयले मात्र भाग लिन पाउने आयोजकले जनाएको छ । प्रतियोगीतामा विजेतलाई नगद ३० हजार तिन वर्षे रनिङ्ग शिल्ड मेडल प्रमाणपत्र तथा उपविजेताले नगद २० हजार मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतियोगीता यही माघ १६ गतेदेखी संचालन हुने आयोजक अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन तेह्रथुमका अध्यक्ष प्रकाश श्रेष्ठले गुराँस न्युजलार्इ जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया