पाँचथर । सदरमुकाम फिदिममा हुन लागेको अन्तराष्टिय केलाङ महोत्सवमा एक हजार च्याब्रुङ प्रदर्शन गरिने भएको छ । लिम्बु संस्कृतिमा उच्च महत्वको बाजा मानिने केलाङ (च्याब्रुङ) को संरक्षण र प्रवर्धनका लागि अन्तराष्टिय महोत्वस गर्न लागिएको हो ।
फागुन ७ देखी ९ गते सम्म हुन लागेको महोत्सवलाई केलाङ सांस्केतिक समाजले आयोजना गर्न लागेको हो । फिदिममा पत्रकार सम्मेलनको आयोजना गर्दै दिइएको जानकरी अनुसार नेपाल बाहिरका समेतले महोत्सवमा भाग लिने छन ।
१० लाख ५८ हजार लागत अनुमान गरिएको महोेत्सवका लागि बिभिन्न निकायमा सहयोग संकलनको काम भइरहेको मुल आयोजक समितिका संयोजक मनकुमार करुङले जानकरी दिनुभयो । आर्थिक तथा अन्य बिभिन्न ब्यवस्थापनका लागि ५ उपसमिति निर्माण भइसका छन । च्याब्रुङ संरक्षणका लागि हुन लागेको यो पहिलो कार्यक्रम हो ।
महोत्सवमा पाँचथर सहित सिक्किम, दार्जिलिङ, ताप्लेजुङ, इलाम, झापा, तेहथुम, धनकुटा, संखुवासभा, काठमाण्डौ सहितका क्षेत्रबाट सहभागी हुने बताईएको छ । कार्यक्रमका लागि एक सय भन्दा बढी केलाङ समुह तयार पारिएको छ ।
केलाङ संरक्षणसंगै च्याब्रुङको संख्यात्मक बिकास र एक घर एक च्याब्रुङ अवधारणालाई अघि बढाउने उदेश्यले कार्यक्रम गर्न लागिएको कार्यक्रम आयोजक समितिका सचिव मधु केरुङले बताउनुभयो ।