काठमाडाैं । राष्ट्रियसभाको ५६ सिटका लागि आउँदो २४ गते चुनाव हुँदैछ । बुधबार उम्मेदवारी दर्ता गर्ने क्रममा १७ जना निर्विरोध भैसकेका छन् । ८३ जनाको उम्मेदवारी दर्ता भएको छ ।

प्रदेश नं १ मा १२, प्रदेश नं २ मा नौ, प्रदेश नं ३ मा १७, प्रदेश नं ४ मा १२, प्रदेश नं ५ मा ११, प्रदेश नं ६ मा १२ र प्रदेश नं ७ मा १० जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ ।

राष्ट्रियसभा चुनावमा प्रदेशसभा सदस्य र गाउँपालिका तथा नगरपालिकाका प्रमुख, उपप्रमुख मतदाता हुन्छन् । यी मतदाता भनेका दलहरुबाट उम्मेदवार भएर जितेका सम्बन्धित दलकै नेता कार्यकर्ता हुन् ।

त्यसैले आफ्नो दलबाट उम्मेदवार भएकालाई उनीहरुले भोट दिने पक्कापक्की जस्तै हुन्छ । तर कहिलेकाहीँ आफ्नो दलको निर्णयसँग चित्त नबुझेमा क्रस भोटिङको सम्भावना पनि हुन्छ ।

यदि क्रस भोटिङ भएन भने एमाले र माओवादी तथा कांग्रेस, राजपा र संघीय समाजवादी फोरमको गठबन्धनबाट उम्मेदवार बनेकाहरुको जित्ने सम्भावना छ ।

जित्ने सम्भावना भएका नेताहरु :

प्रदेश नम्बर १

खेम नेपाली (एमाले)
हरिचरण सिवाकोटी (एमाले)
परशुमेघी गुरुङ (एमाले)
अगम बान्तवा (एमाले)
रमेशजंग रायमाझी (कांग्रेस)

प्रदेश नम्बर २

सुमन प्याकुरेल (एमाले)
जितेन्द्र देव (कांग्रेस)
रमेश यादव (राजपा)

प्रदेश नम्बर ३

पार्वती रावल (एमाले)
उदया शर्मा (एमाले)
सिंहबहादुर विक (एमाले)
बेदुराम भुसाल (एमाले)
रामचन्द्र राई दनुवार (एमाले)
राधेश्याम अधिकारी (कांग्रेस)
धना खतिवडा (कांग्रेस)
रामबहादुर थापा बादल (माओवादी केन्द्र)

प्रदेश नम्बर ४

रामबहादुर थापा (एमाले)
गणेश तिमल्सिना (एमाले)
शान्ति अधिकारी (एमाले)
दीपा  गुरुङ (एमाले)
सुरेन्द्रराज पाण्डे (कांग्रेस)
वृन्दा रानामगर (महिला)
दीनानाथ शर्मा (माओवादी केन्द्र)
खिमकुमार विक (माओवादी केन्द्र)

प्रदेश नम्बर ५

रामलखन हरिजन (एमाले))
खिमलाल भट्टराई (एमाले)
दुर्गाप्रसाद उपाध्याय (कांग्रेस)
राजकुमार कुँवर (माओवादी केन्द्र)
चन्द्रबहादुर खड्का (माओवादी केन्द्र)

प्रदेश नम्बर ६

कविता बोगटी (एमाले)
नन्दा शर्मा (एमाले)
नरपति लोहार (एमाले)
भैरवसुन्दर श्रेष्ठ (एमाले)
ठगेन्द्र पुरी (एमाले)
जीवन बुढा (माओवादी केन्द्र)
युटुल लामा (माओवादी केन्द्र)
कालीबहादुर मल्ल (माओवादी केन्द्र)

प्रदेश नम्बर ७

चक्रप्रसाद स्नेही (एमाले)
लालीराम लोहार (माओवादी केन्द्र)

तपाईको प्रतिक्रिया