तेह्रथुम । तेह्रथुमको मेन्छ्यायेम गाउँपालिका–५, मोराहाङ्गस्थित कारेश्वर शिव रामजानकी मन्दिरको पुर्वाधार विकास तथा अक्षयकोष स्थापनार्थ चलिरहेको शिव महापुराण ज्ञान महायज्ञको आठौँ दिन बुधबार सम्म ९ लाख ८८ हजार ३ सय ७२ रुपैयाँ संकलन भएको छ ।
बुधबार विराटचोक बस्ने लेखनाथ र गोमा भट्टराईले ३१ हजार १ सय ५१ रुपैयाँ र इटहरीका कृष्णप्रसाद भटराईले १५ हजार रुपैयाँ नगद दान गर्नुभएको महापुराण आयोजक समितिका कोषाध्यक्ष सुजता भट्टराईले जानकारी दिनुभयो ।
कारेश्वर शिव रामजानकी मन्दीर समितिले आयोजना गरेको सो महापुराणमा आएका भक्तजन्ले मन्दिरको पुर्वाधार विकास तथा अक्षयकोष स्थापनाका लागि नगद, भूमि तथा विभिन्न जिन्सी सामाग्रीहरु दान गरिरहेका छन् । बुधबार मात्रै ५० जना बढीले एक देखि पाँच हजार रुपैयाँसम्म नगद दान गरेका छन् ।
अहिलेसम्म छ जनाले तुलादान गरेका आयोजकले जनाएको छ । पुराण माघ १४ गते सकिनेछ ।