ताप्लेजुङ । ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा आज दिउँसो आगलागी हुँदा २ घर जलेका छन् ।

फुङलिङ नगरपालिका ५ नवज्योती बोर्डिङ छेउमा रहेको  दिलबहादुर खवास र डिकबहादुर खवासको घर पूर्ण रुपमा जलेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । फुङलिङ नगरपालिकाको दमकल, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले आगो निभाएका छन् ।

आगलागीको कारण यकिन भइनसके पनि गाईलाई खोले पकाउन फुकेको आगो वा विद्यु्त् सर्ट भएर आगालागि भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालयका प्रमुख ज्ञानेन्द्रबहादुर बस्नेतले बताए । आगलागीबाट भएको क्षतीको विवरण भने आइनसकेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया