काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स र आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनस दर जारी गरेका छन्।

दुवै कम्पनीले आर्थिक वर्ष २०७८/०७९ को आर्थिक स्थितिको लेखाजोखा र दायित्व मूल्यांकनसम्बन्धी बीमांकीय प्रतिवेदन नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भएपछि नयाँ बोनस दर जारी गरेका हुन्।
सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७८/०७९ को विभिन्न बीमालेखमा प्रतिहजार ४० रुपैयाँदेखि अधिकतम ९० रुपैयाँसम्म बोनस दर तोकेको जनाएको छ।

यसअनुसार सावधिक बीमालेख योजनामा ९ वर्ष अवधिसम्मको लागि ४० रुपैयाँ, १० देखि १४ वर्ष अवधिसम्मको लागि ४१ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिसम्मको लागि ४५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि ५४ रुपैयाँ र ३० वर्षभन्दा बढी अवधिको लागि ७० रुपैयाँ बोनस दर कायम गरेको छ।

सावधिक तथा आजीवन बीमालेखमा ९ वर्ष अवधिको लागि ४० रुपैयाँ, १० देखि १४ वर्ष अवधिसम्मको लागि ४२ रुपैयाँ, १५ देखि १९ वर्षसम्मको लागि ४६ रुपैयाँ, २० देखि २४ वर्षसम्मको अवधिलाई ५६ रुपैयाँ, २५ देखि २९ वर्ष अवधिसम्मको लागि ६० रुपैयाँ र ३० वर्षभन्दा माथिको अवधिको लागि ७० रुपैयाँ बोनसदर तोकिएको छ।

अग्रिम भुक्तानी सावधिक १० देखि १९ वर्ष अवधिसम्मको लागि ४२ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि ५२ रुपैयाँ र २५ देखि २९ वर्षसम्मको लागि ६० रुपैयाँ छ।

चौरासी पूजा नियमित भुक्तानीमा १० देखि १४ वर्ष अवधिसम्मको लागि ४५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि ५० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि ५५ रुपैयाँ, २५ देखि २९ वर्ष अवधिको लागि ६५ रुपैयाँ र ३० वर्ष र सोभन्दा माथिको अवधिको लागि ७० रुपैयाँ बोनस दर बीमितले पाउने भएका छन्।

साथै, चौरासी पूजा एकल भुक्तानीअन्तर्गत १० देखि १४ वर्ष अवधिको लागि ७५ रुपैयाँ, १५ देखि १९ वर्षको लागि ८० रुपैयाँ, २० देखि २४ वर्षसम्मको लागि ८५ रुपैयाँ, २५ वर्षदेखि २९ वर्ष अवधि र ३० वर्षभन्दा माथिको अवधिलाई ९० रुपैयाँको दरले बोनस निर्धारण गरिएको कम्पनीले जनाएको छ।

आईएमई लाइफले कति तोक्यो? 
आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७८/०७९ का लागि बीमालेखहरुमा न्यूनतम २० रुपैयाँदेखि अधिकतम ७० रुपैयाँ बोनस तोकेको छ। सावधिक तथा सामूहिक जीवन बीमालेखमा ९ वर्ष अवधिसम्मको लागि ३२ रुपैयाँ छ। यस्तै १० देखि १४ वर्ष अवधिको लागि ३२ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि ३८ रुपैयाँ तोकिएको छ।

यसैगरी २० देखि २४ वर्ष अवधिको लागि ५० रुपैयाँ र २५ देखि २९ वर्ष अवधिलाई ६३ रुपैयाँ तोकिएको छ। कम्पनीका अनुसार ३० र सोभन्दा माथिको अवधिको लागि ७० रुपैयाँ बोनस दर कायम गरिएको छ।

सावधिक र अग्रिम भुक्तानी तथा आजीवन बीमालेखमा ९ वर्षदेखि १४ वर्ष अवधिसम्मको लागि ३२ रुपैयाँ, १५ देखि १९ वर्षसम्म ३८ रुपैयाँ, २० देखि २४ वर्षसम्म ५० रुपैयाँ, २५ देखि २९ वर्षसम्मको लागि ६३ रुपैयाँ ३० र सोभन्दा माथिको अवधिलाई ७० रुपैयाँ छ।

अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा १० देखि १४ वर्षसम्म ३० रुपैयाँ, १५ देखि १९ वर्षसम्मको लागि ३५ रुपैयाँ, २० देखि २४ वर्षसम्म ४८ रुपैयाँ, २५ देखि २९ वर्षका लागि ६३ रुपैयाँ बोनस दर निर्धारण गरिएको छ।

यसैगरी वार्षिक अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख (बाल किरण) योजनामा १० देखि १४ वर्षसम्मको लागि ३० रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि ४० रुपैयाँ, २० देखि २४ वर्षसम्मको लागि ४४ रुपैयाँ र २५ देखि २९ वर्षसम्मको लागि ६० रुपैयाँ छ।

वार्षिक अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख (धन सरिता)अन्तर्गत सम्पूर्ण बीमा अवधिका लागि २० रुपैयाँ बोनस दर तोकिएको छ।

तपाईको प्रतिक्रिया