झापा । झापामा एक युवक र युवती मृत फेला परेका छन् ।
जिल्लाको कचनकवल गाउँपालिका– ४ केचनास्थित एभेरष्ट चिया बगानमा उनीहरु मृत फेला परेका हुन् ।
अन्दाजी २५ वर्षीय युवक र १८ वर्षीया युवती रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी बसन्त पाठकले जानकारी दिए ।
स्थानीयहरुका अनुसार उनीहरु एउटै कपडाको पासो लगाई झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् ।
अहिले घटनास्थलमा प्रहरी परिचालन गरी अनुसन्धान भइरहेकाले सबै खुलिनसकेको डिएसपी पाठकले बताए ।