काठमाडौं । तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका २० वटा वाणिज्य बैंक मध्ये सबैभन्दा धेरै नाफा कमाउने बैंकमा नबिल बैंक रहेको छ । बैंकहरुको ६ महिनासम्मको विवरण अनुसार नबिल बैंक सबैभन्दा धेरै नाफा कमाउने  बैंक बन्न सफल भएको हो ।

नबिल बैंकले पुस मसान्तसम्मा ३ अर्ब ४१ करोड ७६ लाख रुपैयाँ नाफा गरेको छ । गत वर्षको सोहि अवधिमा बैंकले २ अर्ब १८ करोड १४ लाख नाफा कमाएको थियो। यो गत वर्षको तुलनामा ५६.६७ प्रतिशतले बढि हो ।

त्यस्तै। दोस्रो धेरै कमाउनेमा एनआईसी एशिया बैंक रहेको छ। एनआईसी एशियाले यो अवधिमा ३ अर्ब २७ करोड ३३ लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्ष यस्तो रकम २ अर्ब ४० करोड २० लाख रुपैयाँ रहेको थियो । यो गत वर्षको तुलनामा ३६.२७ प्रतिशत बढी हो।

त्यसैगरि तेस्रो धेरै नाफा कमाउने बैंकमा ग्लोबल आईएमई बैंक रहेको छ । ग्लोबल आईएमई बैंकले पुस मसान्तसम्मा २ अर्ब ७८ करोड ११ लाख कमाएको छ । गत वर्षको यसै समयमा बैंकको नाफा २ अर्ब ६६ करोड ३३ लाख रुपैयाँ रहेको थियो । जुन गत वर्षको तुलनामा यो ४.४२ प्रतिशतले बढेको हो ।

सो अवधिमा वित्तीय विवरण सार्वजनिक गरेका २० बैंकहरुमध्ये १३ बैंकले गत वर्षको सोही अवसिधको तुलनामा नाफा बढाएका छन् भने ७ बैंकको नाफा घटेको छ । नाफा घट्ने बैंकहरुमा  प्राइम, प्रभु, सनराइज, नेपाल बैंक, सिद्दार्थ बैंक, सिटिजन्स, कृषि विकास बैंकको नाफा घटेको छ ।

मर्जर सम्पन्न गरेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले दोस्रो त्रैमासको वित्तीय विवरण गर्न अझैं बाँकी छ।

तपाईको प्रतिक्रिया