तेह्रथुम । तेह्रथुमको म्याङलुङ्गमा समुदायमा आधारीत मातृ तथा नवजात स्वास्थ्य सेवा सुदृढिकरण कार्यक्रम सम्पन्न भएको छ । जिल्ला स्वास्थ्य कार्यालय तेह्रथुमको आयोजना तथा वान् हार्ट, वल्र्ड वाइडको सहयोगमा भएको अन्तरक्रियामा जीवन सुरक्षा अन्र्तगत घरमै सुत्केरी हुदाँ वच्चा जन्मिसके पछि हुन सक्ने अत्याधिक रत्तश्राव रोकथामका लागि मातृ सुरक्षा चक्की सम्बन्धी छलफल भएको थियो ।

गर्भवती महिलाहरुलाई मातृ सुरक्षा चक्कीले पाठेघर खुम्च्याएर रक्तश्राव रोकथाम गर्न तथा साल झर्न मद्धत गर्दछ । मातृ सुरक्षा चक्की आफैले सेवन गर्न सकिने, सहज र जीवन रक्षा गर्ने औषधी हो । बच्चा जन्मने वित्तिकै तर साल नझदै ३ वटा मातृ सुरक्षा चक्की बच्चा जन्माएकी महिलाले खानुपर्छ । सो चक्कीका सम्बन्धमा सचेतना अभिवृद्धिका लागि आयोजित कार्यक्रममा सहभागी जिल्लास्थित सरोकारवालाहरुलाई सो चक्कीका सम्बन्धमा जिल्ला स्वास्थ्य प्रमुख डा.मुक्तिनारायण शाहले जानकारी गराउनुभएको थियो ।

म्याङलुङ्ग नगरपालिकाका मेयर सन्जयकुमार तुम्बाहाम्फेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सहभागी सरोकारवालाले मातृ सुरक्षाका लागि गाउँ–गाउँमा खटिएका महिला स्वास्थ्य स्वयम्सेविकाहरुलाई तालिम प्रदान गर्नुपर्ने जरुरी रहेकोमा जोड दिएका छन् ।

कार्यक्रममा प्रमुख अतिथि मेयर तुम्बाहाम्फे, जिल्ला समन्वय समितिका सदस्य रेन्जी शेर्पा, नेपाल पत्रकार महासंघ तेह्रथुमका सभापति नरेश ढुंगाना र जिल्ला स्वास्थ्य कार्यालयका डा.रोहितकुमार झाले सो कार्यक्रमबारे आ–आफ्नो भनाइ राख्नुभएको थियो । कार्यक्रम जिल्ला स्वास्थ्य प्रमुख डा. मुक्तिनारायण शाहको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया