तेह्रथुम । आठराई गाउँपालिकाको १२ औँ गाउँ सभामा गणपुरक संख्या नपुगेपछि स्थगित भएको छ ।

अध्यक्ष दिलकुमार पाहिमले २७ पुसमा गाउँ सभाको १२ औँ बैठक बोलाएका थिए । तर, निर्वाचित जनप्रतिनिधिहरूको अनुपस्थितिका कारण बैठक बस्न सकेन ।

गाउँपालिकामा सात वटा वडा छन् । जसअनुसार गाउँसभा ३९ सदस्यीय हुन्छ । तर, बुधबारको बैठकमा २० जना सदस्यहरू पनि उपस्थित भएनन् । प्रवक्ता कृष्णप्रसाद बाँस्कोटाले गणपुरक संख्या नपुगेपछि बैठक स्थगित भएको बतो ।

‘महत्वपूर्ण कानुनहरू संशोधन गर्नुपर्ने थियो । तर, गाउँसभामा गणपुरक संख्या नै पुगेन,’ प्रवक्ता बाँस्कोटाले भने, ‘अब अर्को बैठक पुस ३० गतेका लागि बोलाएका छौँ ।’

गाउँसभा गणपुरक संख्या नपुगेर बस्न नसकेपछि नेकपा एमालेले भने प्रश्न उठाएको छ । एमाले आठराई गाउँपालिका कमिटीले बिहीबार विज्ञप्ति जारी गर्दै गाउँपालिकाको गाउँ सभा गणपुरक संख्या नपुगेर बस्न नसकेको भन्दै प्रश्न उठाएको हो ।

०७४ को निर्वाचनमा आठराई गाउँपालिकामा एमालेले जितेको थियो भने यसपटक कांग्रेस–माओवादी केन्द्रको गठबन्धन विजयी भएको थियो ।

एमालेको विज्ञप्ति :

तपाईको प्रतिक्रिया