बेलबारी । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा गईसकेका कारण अब समृद्ध बन्ने र त्यो समृद्धिलाइ कसैले रोक्न नसक्ने बताउनुभएको छ ।

शनिबार  मोरङको बेलबारी–१ स्थित आफैँले शिक्षण गरेको जनता आधारभुत बिद्यालयको स्वर्ण जयन्तीको अवसरमा बनाएको स्मारकलाई उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले यस्तो बताउनुभएको हो । राष्ट्रपति भण्डारीले मुलुक अब बिकास तर्फ अगाडी बढनेमा आशाबादी हुन भन्नुभयो ।

उहाँले कार्यक्रममा सामुदायिक बिद्यालयको सुधार गर्न सबै जुटनुपर्ने आवश्यकता रहेको धारणा राख्नुभयो । राष्ट्रपति भण्डारी बेलबारीको कार्यक्रम सम्बोधनपछि इटहरी गोल्डकपको उद्घाटन सकेर शनिबारै राजधानी फर्किनुभएको छ । राष्ट्रपति आउने भएपछि यस क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाइएको थियो । राष्ट्रपति भण्डारी २७ बर्ष पछि प्रमुख अतिथि भएर आफैले पठाएको बिद्यलायमा आउनुभएको हो । बि।स २०४३ देखी २०४६ सालसम्म भण्डारीले सो बिद्यलायमा अध्यापन गराउनुभएको थियो ।

तपाईको प्रतिक्रिया