काठमाडौं । भर्खरै प्रेम सम्बन्धमा रहँदा प्रेमीले प्रेमिकाप्रति दर्शाउने प्रेम भावलाई सजिव ढङ्गले प्रस्तुत गरिएको प्रेमिल गीत ‘तिम्रो लागि’ को म्युजिक भिडियो एजेएजेयू अफिसियलबाट सार्वजनिक भएको छ ।

चर्चित निर्देशक विजय मगरले निर्देशन गरेको म्युजिक भिडियोमा अभिनेता अर्जुन खड्का प्रेमी र अभिनेत्री भावना मगर प्रेमिकाको भूमिकामा छन् ।

म्युजिक भिडियोमा मौन रहने स्वभाव देखाएकी प्रेमिका भावनाप्रति अर्जुनले अगाध प्रेमभाव प्रकट गरेको देखिन्छ । यतिसम्म कि साँचो प्रेम गर्छु भन्ने विश्वास दिलाउन अर्जुनले ज्यानै समर्पण गर्नेसम्मको वाचा गरेका छन् ।

एजेएजेयूको शब्द, मनोज खड्काको गायन, स्वयं अभिनेता खड्काको सम्पादन गरेको म्युजिक भिडियोको छायाङ्कन सनम तामाङले गरेका हुन् ।

फोर बि पिक्चर र दामी क्रिएसनको प्रस्तुती ‘तिम्रो लागि’ म्युजिक भिडियोको क्रिएटिभ हेड सुजल ढकाल, प्रोडक्सन म्यानेजर सुवास लकान्द्री र टेक्निकल हेड विशाल प्याकुरेल हुन् ।

गीतको फिमेल भर्जन प्रतीक्षा पोखरेलको स्वरमा उपलब्ध रहेको निर्देशक मगरले बताए ।

तपाईको प्रतिक्रिया