पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिकाको केन्द्र यासोकामा निर्माणाधीन याशोक क्याम्पस भवनको कामले गति लिने भएको छ । २०७१ साल देखि भवनको निर्माण कार्य सुरु भएको भएपनि बजेट अभावको कारण भवन निर्माणको कामले निरन्तरता पाएको थिएनँ ।

भवन निर्माणको लागि त्रिभूवन बिश्व बिद्यालयको अनुदान आयोगले ३८ लाख रुपयाँ सहयोग गरेको थियो भने सेवा क्षेत्र भित्रका ४ वटा साविक गाविसहरुले ४ लाख रकम उपलब्ध गराएका थिए । उक्त रकमबाट भवन निर्माणको आधा मात्रै काम भएको थियो ।

अब कुम्मायक गाउँपालिकाले चालु आर्थिक वर्षमा ३० लाख रुपैयाँ बजेट उपलब्ध गराउने भएपछि भवन निर्माणले गति लिने भएको यासोक क्याम्पस सन्चालक समितिका सम्योजक तथा कुम्मायक गाउँपालिकाका अध्यक्ष जयबहादुर चेम्जोङले बताउनुभयो ।

क्याम्पस भवन निर्माणको लागि भन्दै गाउँपालिकाले मेघराज निरौला अध्यक्ष रहेको ९ सदस्यीय उपभोक्ता समिति समेत गठन गरेकोे छ ।

तपाईको प्रतिक्रिया