तेह्रथुम । तेह्रथुमको म्याङलुङ्ग नगरपालिका–१० तम्फुलास्थित नेपाल रेडक्रस सोसाईटी आदर्श उपशाखाको १४ औ साधारण सभा तथा अधिवेशन विहीबार म्याङलुङ्गमा सम्पन्न भएको छ । अधिवेशनले पवन पोखरेलको सभापतित्वमा ९ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।
समितिको सदस्यहरुमा फुलमाया लिम्वु, कृष्ण वहादुर कटुवाल, प्रेम प्रकाश गुरुङ, विष्णु प्रसाद सुवेदी, राजन राई, यामवहादुर राई, गहरसिंं रेग्मी र शभा पौडेल चयन हुनुभएको छ । कार्यक्रममा गत आर्थिक वर्षको प्रगति तथा आर्थिक प्रतिवेदन र आगामी वर्षको लागि प्रस्तावित कार्यक्रम तथा बजेट पारित गरिएको सदस्य राजन राईले बताउनुभयो ।
साधारण सभा तथा अधिबेशनको उद्धघाटन सत्रमा प्रमुख अतिथि म्याङलुङ्ग नगरपालिकाका उपमेयर पार्वतीसानु डाँगीले नेपाल रेडक्रस सोसाईटीले गाउँ, जिल्ला र देशका लागि उल्लेखनीय कार्य गरेको बताउनुभयो । कार्यक्रममा नेपाल रेडक्रस सोसाईटीका प्रतिनिधि वीर वहादुर केसी र गजेन्द्र कन्दङ्गवाले रेडक्रसका सात सिद्धान्तलाई रेडक्रसकर्मीले सधैँै पालना गर्नु पर्ने बताउनुभयो ।