तेह्रथुम । धनकुटालाई प्रादेशिक राजधानी माग गर्दै भइरहेको आम हड्तालका कारण कोशी पहाडी जिल्लाहरु तेह्रथुम, संखुवासभा र भोजपुरको जनजीवन प्रभावित भएको छ । धनकुटालाई प्रदेश नं. १ को राजधानी बनाउन माग गर्दै बुधबारदेखि धनकुटा बन्द आव्हान गरिएको छ ।
बन्दका कारण तेह्रथुम, संखुवासभा र भोजपुरबाट पुर्वी तराई तथा राजधानी काठमाडौँतर्फ जाने सवारीका साधानहरु छुट्न सकेका छैनन् । तेह्रथुमबाट धरान, विराटनगर र काठमाडौँका लागि छुटेका सवारीका साधनहरु तेह्रथुम र धनकुटाको सीमा सिधुवा बजारमा रोकिएका छन् । संखुवासभा र भोजपुरका सवारी साधनहरु समेत धनकुटाको सीमावर्ती क्षेत्रमा रोकिएका छन् ।
उता धरानबाट पहाडी जिल्लाहरुतर्पm छुटेका सवारीहरु पनि भेडेटारमै रोकिएका छन् । बन्दका कारण यात्रुहरु मर्कामा परेको यातायात व्यवसायी संघका केन्द्रीय सदस्य डिल्ली रेग्मीले बताउनुभयो । ‘बन्दले दर्जनौँ सवारी बाटोमा रोकिएका छन्, यात्रुहरु अलपत्र छन्,’ उहाँले भन्नुभयो, ‘बन्दले यातायात व्यवसायीलाई मार परेको छ ।’ बुधबार दिनभर बन्द भएपनि राति सवारी चलेका थिए ।