दाङ । दाङको तुलसीपुर बजारको बीपी चोकस्थित सगरमाथा इलोक्ट्रोनिक पसलमा बुधबार राति मोबाइल चोरी भएको छ ।
गोविन्द बस्यालको पसलबाट विभिन्न कम्पनीका १७ थान मोबाइल चोरी भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी प्रकाश सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार दुई लाख ५९ हजार ९ सय मूल्य बराबरका १७ थान मोबाइल चोरी भएको खुल्न आएको छ ।
चोरले छानीछानी पसलमा रहेका सबैभन्दा महंगा १७ थान मोबाइल चोरी गरेको प्रहरीले बताएको छ ।