तेह्रथुम । मेन्छ्यायेम गाउँपालिकाको केन्द्र मोराहाङमा माघेनी मेलाको अवसरमा बुधबारबाट खुला पुरुष फुटबल प्रतियोगितातर्फका खेलहरु औपचारिक रुपमा सुरु भएका छन् । पहिलो दिन विभिन्न ५ खेल सम्पन्न भएको आयोजक गौखुरी युवा क्लबले जनाएको छ ।

प्रतियोगिताको पहिलो खेलमा भीगरस नेफो एकेडेमी इनरुवाले अल्लारे युवा क्लब मोराहाङलाई पराजित गरेको छ । यस्तै दोश्रो खेलमा एन.एस.वाई.सी बेलबारीले जेवाईसी जिरिखिम्ती निलोलाई, तेश्रो खेलमा जेवाईसी जिरीखिम्ती रातोले पाटीगाउ युवा क्लबलाई र चौथो खेलमा संसारी युवा क्लब आम्बुङले नवप्रतिभा युवा क्लब सिकिदिमलाई पराजित गरेका छन् ।

अन्तिम खेलमा आयोजक ए द्धारा सनराइज युवा क्लब कोवेक पराजित भएको आयोजक क्लबका अध्यक्ष खगेन्द्रमणी सम्बाहाम्फेले बताउनुभयो । विहीबारकोे पहिलो खेल आयोजक बी र आयोजक सी विच विहान ८ बजे हुने जनाइएको छ । प्रतियोगीतामा विजेताले नगद रु. ८० हजार, ३ वर्षे रनिङ्ग ट्रफी मेडल प्रमाणपत्र तथा उपविजेताले नगद ४० हजार ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

तपाईको प्रतिक्रिया