तेह्रथुम । तेह्रथुमको मेन्छ्यायेम गाउँपालिका ५, मोराहाङ्गको पित्लेधारामा बुधबार देखि शिव महापुराण एकादशौँ ज्ञान महायज्ञ शुरु भएको छ ।

कारेश्वर शिव राम जानकी मन्दीर समितिले आयोजना गरेको सो महापुराणबाट संकलित रकमले मन्दीरको भौतिक पुर्वाधार निर्माण गर्ने र अक्षयकोषको समेत ब्यवस्था गर्ने उद्धेश्यले ज्ञान महायज्ञ लगाईएको महायज्ञ संयोजक शिव भट्टराईले बताउनुभयो ।

कारेश्वर शिव राम जानकी। महायज्ञमा भारत वृन्दावन निवासी श्रीसनकादी पीठाधीश्वर भागत भूशण सन्त वाशुदेवसरण देवाचार्यजी महाराजले शिवमहापुराण कथा बाचन गरिरहनु भएको छ । पुराण माघ १३ गते सम्म सन्चालन हुने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया