काठमाडौं । इतिहासकै उच्च विन्दुको रेकर्ड बनाएको अमेरिकी डलर मंगलबारको तुलनामा केही पैसा मात्र तल झरेको छ। नेपाली मुद्रा इतिहासमै कमजोर बनेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार मंगलबार डलरको खरिद दर १ को १३० रुपैयाँ ३० पैसा र बिक्री दर १३० रुपैयाँ ९० पैसा पुगेको थियो। बुधबार भने खरिद दर १३० रुपैयाँ २४ पैसा र बिक्री दर १३० रुपैयाँ ८४ पैसा छ। नेपालमा पैसाको प्रचलन नभएकाले खरिद–बिक्री दुवैमा १३१ रुपैयाँको दरले रकम खर्चिनुपर्नेछ।

मंगलबार १ को खरिद दर १२५ रुपैयाँ ७४ पैसा र बिक्री दर १२६ रुपैयाँ ३२ पैसा रहेको युरोको भाउ बुधबार क्रमशः १२५ रुपैयाँ ३८ पैसा र १२५ रुपैयाँ ९६ पैसा छ। यस्तै, पाउन्ड स्टर्लिङ १ को खरिद दर बुधबार १४० रुपैयाँ ६९ पैसा र बिक्री दर १४१ रुपैयाँ ३३ पैसा छ।

यस्तै, चिनियाँ युआन १ को खरिद दर १८ रुपैयाँ १६ पैसा र बिक्री दर १८ रुपैयाँ २४ पैसा छ। साउदी रियल खरिदतर्फ ३४ रुपैयाँ ६३ पैसा र बिक्रीतर्फ ३४ रुपैयाँ ७९ पैसा छ। कतारी रियालको खरिद ३५ रुपैयाँ ६३ पैसा र क्रिी ३५ रुपैयाँ ८० पैसा छ।

यूएईको दिराम १ को खरिद दर ३५ रुपैयाँ ४६ पैसा र बिक्री दर ३५ रुपैयाँ ६२ पैसा छ। मलेसियन रिंगिट १ को खरिद दर २८ रुपैयाँ २५ पैसा र बिक्री दर २८ रुपैयाँ ३८ पैसा छ।

कुवेती र बहराइनका दिनारले बुधबार पनि सर्वाधिक महँगोको आफ्नो पुरानै रेकर्ड कायम राखेका छन्। कुवेती दिनार १ को खरिद दर ४१९ रुपैयाँ २१ पैसा र बिक्री दर ४२१ रुपैयाँ १४ पैसा छ। यस्तै, बहराइनको दिनार १ को खरिद दर ३४५ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३४७ रुपैयाँ ०१ पैसा छ।

तपाईको प्रतिक्रिया