काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष नारायणकाजी श्रेष्ठले ५० सिट भन्दा माथि लिएरमात्रै गठबन्धनमा चुनावी तालमेल हुने बताएका छन् ।

उनले ५० भन्दा कम सिटमा माओवादी केन्द्रले चुनावी तालमेल नगर्ने बताए । आइतबार बेलुका एक टेलिभिजन कार्यक्रममा बोल्दै नेता श्रेष्ठले गठबन्धनको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले ८० को हाराहारी सिट लिने र अन्य दलहरुलाई पनि सम्मानजनक सिटको बाँडफाँट हुने बताए ।

‘कांग्रेस गठबन्धनको सबैभन्दा ठूला दल हो । तर सिट बाँडफाँट हुँदा कांग्रेसले मात्रै सबै सिट राख्ने होइन, आ–आफ्नो हैसियतअनुसार सबैले सम्मानजनक सिटको बाँडफाँट गर्ने हो,’ उनले भने ।

नेता श्रेष्ठले मंगलबारभित्र प्रतिनिधिसभा र प्रदेशसभाका सबै सिटको बाँडफाँट भइसक्ने र सहमति सार्वजनिक हुने बताए ।

तपाईको प्रतिक्रिया