काठमाडौं । आगामी निर्वाचनका लागि नेपाली कांग्रेसले समानुपातिकतर्फ बुझाएको बन्द सूची बाहिरिएको छ । आयोगले तोकेको तालिकामा कांग्रेसले बुझाएको सूची बाहिरिएको हो ।

समानुपातिकतर्फ प्रतिनिधिसभाका लागि कांग्रेसले १०९ जनाको नामावली बुझाएको हो । समानुपातिकतर्फ सूचीमा सबैभन्दा माथि प्रधानमन्त्रीपत्नी आरजु देउवा र गृहमन्त्री बालकृष्ण खाँणकी पत्नी मञ्जु खाँणको नाम छ । त्यसो त आरजु र मञ्जु दुवै कांग्रेसको केन्द्रीय कार्यसमिति सदस्य समेत हुन् ।

त्यस्तै, अम्बिका बस्नेत, प्रतिमा गौतम, रमा कोइराला पौडेल, सरस्वती अर्याल तिवारी, कान्तिका सैजुवालको नाम पनि बन्द सूचीमा परेको छ ।

आदिबासी जनजातितर्फ समानुपातिकतर्फ उम्मेदवारकालागि सरस्वती बजीमय, अञ्जनी श्रेष्ठ, लीला बोखिम, मीनाकुमारी लामा, सरु लामा, समिता खड्की, गंगा अवाल, सपना राजभण्डारी जोशी, रेनका काउचा मगर, तिर्थकुमारी गुरुङ, सरस्वती गुरुङ, मनोरमा शेरचन, लालकुमारी राना, सीताकुमारी राना र मधु जवेगुको नाम समेटिएको छ ।
त्यस्तै, मैना रावल कार्की, सुशिला भट्ट मिश्र, विद्यादेवी तिमिल्सिना, रुकमीणी घिमिरे, मधु शाही, अनिता ढुंगाना शाह, सुशिला उप्रेती, लक्ष्मी थापा, उमा दहाल, किरण कोइराला, बिमला योगी, कृष्णदेवी गिरी पनि समानुपातिक बन्द सूचीमा अँटाएका छन् ।

त्यस्तै, आशा विक, रुपा विक, शान्ति परियार, विष्णुमाया परियार, कोपिला विक, सीता मिजार, जावेदा खातुन, कल्पना चौधरी, जस्मिन मण्डल, विनाकुमारी थनेत, जीवन राना, रामकुमारी चौधरी, नगिना यादव, मुख्ता यादव, निनु कणर्, मिनाक्षी झा, रेणु यादव र किरण शर्मा झा पनि समानुपातिक सूचीमा परेका छन् ।

यस्तो छ सूची

 

तपाईको प्रतिक्रिया