जाजरकोट । जाजरकोटमा निर्माण भइरहेको भवनबाट लडेर एक जनाको ज्यान गएको छ ।
बर्दिया सानोश्री नगरपालिका– ६ घर भएका बलबहादुर विकको जाजरकोटको भेरी नगरपालिका–४ मा बन्दै गरेको भवनबाट लडेका थिए । घरको ढलान सेटिङ गर्ने क्रममा विक तीन तला माथिबाट खसेका थिए ।
घाइते भएपछि उनलाई जिल्ला अस्पताल पुर्याइएको थियो । जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि नेपालगञ्ज लगिएको थियो । विकको उपचारका क्रममा भेरी अस्पताल नेपालगञ्जमा बुधबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका डिएसपी भावेश रिमालले जानकारी दिनुभयो ।