धनकुटा । स्थापनाको ८५ बर्ष पछि जिल्ला अस्पताल धनकुटामा आधुनिक भिडियो एक्सरे मेसिन सञ्चालनमा आएको छ ।

धनकुटा नगरपालिकाको आर्थिक सहयोगमा २५ लाख रुपैयाको लागतमा नयाँ आधुनिक  भिडियो एक्सरे मेसिन खरिद गरेर सञ्चालनमा ल्याइएको हो । एक्सरे सेवा सञ्चालनमा आए संगै अस्पतालमा बिरामीको चाँप बढेको जिल्ला अस्पताल धनकुटाले जनाएको छ ।

एक्सरे गर्न  दैनिक बिस भन्दा बढि बिरामी अस्पताल आउने गरेका छन् । कलेजो, मृगौला फियो, पाठेघर साथै पेट भित्रका समस्या लगायत सबै प्रकारको एक्सरे जिल्ला अस्पतालमै हुन थालेको जिल्ला स्वास्थ्य कार्यलय धनकुटाका प्रमुख डाक्टर फडिन्द्र बरालले जानकारी दिनु भयो ।

आधुनिक एक्सरे मेसिन जिल्ला भित्रिए संगै धनकुटा सहित छिमेकी जिल्लाका बासिन्दाले एक्सरे गर्नकै लागि तराइ झर्नुपर्ने बाध्यताको अन्त्य भएको छ । यस अघि अस्पतालमा रहेको मेसिनले गर्भवतिहरुको मात्र एक्सरे हुने गरेको थियो ।

तपाईको प्रतिक्रिया