बैतडी । बैतडीमा सामाजिक सञ्जाल फेसबुकमा दलित भन्दै अपशब्द लेख्ने एक जनालाई जिल्ला अदालतले दुई महिना कैद सजाय सुनाएको छ।

जिल्ला अदालतले सामाजिक सञ्जालबाट जातीय अवहेलना हुने गरी गालीगलौज गरेका जिल्लाको पञ्चेश्वर गाउँपालिका-४ का प्रकाश चन्दलाई दुई महिना थुनामा राख्ने फैसला गरेको हो। अदालतले उनलाई दुई महिना थुना, २५ हजार रुपैयाँ क्षतिपूर्ति र ५ सय रुपैयाँ जरिवानाको फैसला सुनाएको छ।

चन्दले २०७८ वैशाख ३ गते फेसबुकबाट मेलौली नगरपालिका-५ का बलभद्र दयाललाई ‘नेपालमा दयाल भनेका डुम रहेछन् कि ? जस्तै बलभद्र दयाल’ भनेर लेखेका थिए। दयालले वैशाख ७ गते उनी विरुद्ध उजुरी दिएका थिए। चन्द अहिले प्रहरीको फरार सूचीमा रहेका र उनी भारतमा बस्दै आएका बताइएको छ।

तपाईको प्रतिक्रिया