धनकुटा  । धनकुटामा पर्यटन तथा व्यापार प्रवद्धन गर्ने उदेश्यले माघ २९ गते देखी फाल्गुण १० गते सम्म धनकुटा महोत्सव तथा प्रदेश नम्वर १ स्तरीय औद्योगिक प्रर्दशनी तथा व्यापार भेला आयोजना गर्ने निर्णय गरेको छ ।

धनकुटा महोत्सव तथा प्रदेश नम्वर १ स्तरीय औद्योगिक प्रर्दशनी तथा व्यापार भेलालाई भव्य रुपमा सफल बनाउन धनकुटा उद्योग बाणिज्य संघको अध्यक्ष उमेश घिमिरेको संयोजकत्वमा १ सय १ जनाको मुल आयोजक समिति र अन्य विभिन्न १४ वटा समितिहरु गठन गरिएको छ ।

धनकुटा मोहत्सव तथा प्रदेश नम्वर १ स्तरीय ओद्योगिक तथा व्यापार भेला आयोजक समितिमा धनकुटा उद्योग बाणिज्य संघ सह आयोजकमा घरेलु तथा साना उद्योग महासंघ धनकुटा लगायत विभिन्न संघ संस्था तथा स्थानीय निकायहरुको सहयोगीहरुमा रहनु भएको छ ।

गठित समितिहरुमा अनुगमन तथा मुल्याकंन समिति संयोजक ठेगनाथ घिमिरे,सन्तोष तामांगको (रुकमान) संयोजत्वमा समन्वय समिति,प्रायोजन व्यवस्थापन समितिको संयोजकमा सिताराम श्रेष्ठ,अथिति सत्कार,स्वागत,मञ्च व्यस्थापनमा तारा(मन कुमारी) तितुग,सर्मिला राई,कुसुम राना,दुर्गा अधिकारी,विष्णु माया कङदङ्गवा क्रमश संयोजकहरु रहनु भएको छ ।

रोशन श्रेष्ठ संयोजक र राम तामांग रहनु भएको बाल उद्यान तथा स्टल समिति, आर्थिक समितिको संयोजकमा रोशेष श्रेष्ठ ,प्रदशनी सामाग्री व्यवस्थापन समितिको संयोजकमा शैलेसमान श्रेष्ठ,साउण्ड स्टिम व्यवस्थापन समितिको संयोजकमा राम तामांग ,प्रचार प्रसार तथा सम्मान छनौवट समितिको संयोजकमा विजय सन्तोषी राई,विकास घिरिमेको संयोजकत्वमा कलाकार व्यवस्थापन,स्वयसेवक तथा टिकक व्यवस्थापन रुपेश श्रेष्ठ र दिनेश राई संयोजक ,सरससफाई तथा खानेपानी व्यवस्थापन समितिको संयोजकमा खगेन्द्र विष्ट रहनु भएको १४ वटा विभिन्न समतिहरु गठन गरेको धनकुटा उद्योग बाणिज्य संघका कार्यालय प्रमुख तथा सदस्य सचिव जयन्द्र प्रधानले वताउनु भयो ।

धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष उमेश घिमिरेको अध्यक्षतमा आज बैठक वसी धनकुटा मोहत्सव तथा प्रदेश नम्वर १ स्तरीय औद्योगिक प्रर्दशनी तथा व्यापार भेला लाई सफल बनाउन उक्त समितिहरु बनाएको र १४ वटै समितिहरुले आजै देखी तिव्र रुपमा आ आफ्नो जिम्मेवारी काम शुरु गर्ने पनि प्रचार प्रसार समितिका संयोजक विजय सन्तोषी राईले वताउनु भयो ।

तपाईको प्रतिक्रिया