रुकुम पूर्व, १ माघ । रुकुम पूर्वमा डढेलोमा परेर दुई जनाको मृत्यु भएको छ । पुथाउत्तरगंगा गाउ“पालिका–३, को लालपाटन जंगलमा लागेको डढेलोमा परेर सोही गाउ“पालिका–७, का दुई स्थानीयको मृत्यु भएको हो । डढेलामा पर्दा जंगल गएका श्यामबहादुर बोहरा र केशरमान मल्लको मृत्यु भएको बताईएको छ । ढडेलो लागेको जंगलमा हावाहुरी चलेपछि गत शनिबार उनीहरु आगोमा परेको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र सापकोटाले जानकारी दिए । बोहरा र मल्लको घटना स्थलमै मृत्यु भएको थियो भने अर्का स्थानीय शेरबहादुर बोहरा गम्भिर घाइते छन् ।
घाइते बोहराको काठमाण्डौं स्थित एक अस्पतालमा उपचार भैरहेको छ । घटना स्थलबाट घाइतेलाई उद्दार गरेर नेपालगञ्ज मेडिकल कलेजमा पु¥याइएपनि त्यहा“ उपचार संभव नभएपछि काठमाण्डौं लगिएको हो । दुर्गम भएका कारण ढिलो खबर आएको प्रजिअ सापकोटाले जानकारी दिए । २ जनाको ज्यान गएको तथा १ जना घाइते भएको प्रारम्भिक खबर आएको र यो ठाउ“ जिल्लाको दुर्गम भएकाले डिटेल विवरण अ“झै आइनसकेको उनको भनाई छ ।