तेह्रथुम । नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन, तेह्रथुमको १८ औँ साधारण सभाले नेत्रबहादुर बस्नेतको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । सो समितिको उपाध्यक्षमा इन्द्रबहादुर न्यौपाने, सचिवमा भोलानाथ ढकाल, सहसचिवमा सुरेन्द्रप्रसाद भेटुवाल, कोषाध्यक्षमा प्रेमकुमार राई र सहकोषाध्यक्षमा सुशिला कार्की चयन हुनुभएको छ ।

समितिको सदस्यहरुमा हरेराम उप्रेती, नगेन्द्रप्रसाद तिम्सीना र युवनारायण ढुंगाना रहनुभएको छ । जिल्ला कार्यसमितिको साधारण सभा सम्पन्न भएको जानकारी निर्वाचित समितिले लिखित रुपमा जानकारी गराएपनि केही लेखापढी व्यवसायीले भने साधारण सभा अवैधानिक रुपमा भएको भन्दै असन्तुष्टि जनाएका छन् ।

एसोसिएसनकी केन्द्रीय सदस्य रेनुका भट्टराईले हामीसँगको कुराकानीमा एसोसिएसनको सांगठिक मर्यादा, मर्म र भावना विपरीत संस्थाको विधान विपरीत गएर साधारण सभा भएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया