काठमाडौं । कांग्रेस केन्द्रीय सदस्य एवं युवा नेता नैनसिंह महरलाई कैलाली क्षेत्र नम्बर ४ मा उम्मेदवारका लागि सिफारिस गरिएको छ।

कांग्रेस प्रतिनिधिसभा क्षेत्रीय समिति क्षेत्र नम्बर ४ को बुधबारको बैठकले महरसहित सुनिलकुमार भण्डारी, प्रकाश बम, भोजराज भट्ट, प्रदीपराज जोशी, डा. लक्ष्मीराज पाठकलाई प्रतिनिधिसभा निर्वाचन क्षेत्र ४ का लागि सिफारिस गरेको हो।

सुदूरपश्चिम प्रदेशको राजधानी तोकिएको गोदावरी नगरपालिका सोही क्षेत्रमा पर्छ। सो क्षेत्रबाट तत्कालीन माओवादीका सुदूरपश्चिम इन्चार्ज (हाल एमाले सचिव) लेखराज भट्टले ०६४ र ०७४ सालमा प्रत्यक्ष तर्फ चुनाव जितेका थिए। ०७० सालमा कांग्रेस नेता दीर्घराज भाट विजयी भएका थिए।

तपाईको प्रतिक्रिया