काठमाडौं । गठबन्धन कार्यदलले नसकेपछि शीर्ष नेता नै सीट बाँडफाँड टुंगो लगाउने तयारीमा जुटेका छन्।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको चुनावमा पाँच दलीय गठबन्धनले तालमेल गर्ने सहमति गरिसकेको छ। त्यसका लािग सीट बाँडफाँड गर्न कार्यदल गठन गरेको छ।

तीन सातादेखि छलफलमा रहेको कार्यदलले सीट बाँडफाँडमा सहमति जुटाउन सकेको छैन। कार्यदलले सहमति जुटाउन नसकेपछि शीर्ष नेता नै सीट बाँडफाँडको टुंगो लगाउने तयारीमा जुटेका हुन्।

यसका लागि आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनका शीर्ष नेताको बैठक बस्दै छ। आजको बैठकबाट सीट बाँडफाँड टुंग्याउने तयारी गरिएको कांग्रेस नेता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए।

बुधबार पनि गठबन्धनको बैठक बसेको थियो। बुधबारको बैठकमा सीट बाँडफाँडका विषयमा व्यापक छलफल भएको नेता कार्कीले बताए।

उनका अनुसार आजको बैठकबाट सीट बाँडफाँट टुंगो लगाउने सहमति बनेको छ। त्यस्तै, भदौ २० गतेभित्र निर्वाचन क्षेत्रको पनि टुंगो लगाइने भएको छ।

तपाईको प्रतिक्रिया