तेह्रथुम । नेपाल चेम्बर अफ कमर्सको तेह्रथुम शाखा तदर्थ समिति गठन भएको छ । व्यवसायी सभा पौडेलको अध्यक्षतामा गठन भएको तदर्थ समितिको प्रथम उपाध्यक्षमा चन्द्र जोशी, द्धितीय उपाध्यक्षमा अमृत सुवेदी, महासचिव गजेन्द्र कन्दङवा, सचिवमा अर्जुन ढुंगाना, कोषाध्यक्ष तारा कीर्की र सह–कोषाध्यक्षमा युवराज शैयाजु रहनुभएको छ ।

समितिको सदस्यहरुमा सुमन श्रेष्ठ र सुदीप लोहार रहनुभएको छ । संस्थाको ६७ औँ केन्द्रीय साधारण सभाले जिल्ला तदर्थ समितिका अध्यक्ष पौडेललाई केन्द्रीय सदस्यमा निर्वाचित गरेको छ । यसैबीच नेपाल चेम्बर अफ कमर्सलाई पनि सरकारले उद्योग बाणिज्य महासंघकै हैसियत दिएको छ । पुस ११ गतेको मन्त्रीपरिषद् बैठकले चेम्बर अफ कमर्सलाई पनि नेपाल उद्योग वाणिज्य महासंघकै हैसियत दिने निर्णय गरेको थियो ।

वरिष्ठ उपाध्यक्ष मल्लले चेम्बर अफ कमर्स उद्योग वाणिज्य महासंघसँग प्रतिष्पर्धा गर्न नभई बाध्यात्मक परिस्थितिबाट महासंघकै स्वरुपमा आएर काम गर्नुपर्ने अवस्था आएको बताउनुभयो । अब चेम्बरमा पनि महासंघमा झैँ वरिष्ठ, जिल्ला, वस्तुगत, उद्योग, वाणिज्य, द्धिराष्ट्रिय र मानार्थ उपाध्यक्ष गरी सात जानै उपाध्यक्ष हुनेछन् ।

चेम्बरले ७७ वटै जिल्लामा सन्जाल बनाउन समेत उपाध्यक्ष मल्लको भनाइ छ । उहाँका अनुसार चेम्बर अफ कमर्स ८५ वटा बस्तुगत सघ, २० वटा द्धिराष्ट्रिय उद्योग वाणिज्य संघ र ५२ वटा अन्तराष्ट्रिय संघसँग आवद्ध र

तपाईको प्रतिक्रिया