प्राधिकरणका कर्मचारीकै मिलेमतोमा २२ सय पर्ने मिटर बक्सको मुल्य ४ हजारसम्म लिएको गुनासो, श्रमदान गराएर शोषण गरेको आरोप

तेह्रथुम । आठराई गाउँपालिका क्षेत्रमा विद्युतीकरण गर्दा अनियमितता गरेको भन्दै स्थानीयबासीले अख्तियारमा उजुरी दिएका छन् ।

उपभोक्ताहरूले संघर्ष समिति नै गठन गरेर विद्युतीयकरणमा भएको अनियमितताबारे भण्डाफोर अभियान थालेका छन् । सो क्षेत्रमा आर्थिक वर्ष ०७४/७५ देखि नै विद्युतीयकरण सुरू भएको, तर सुरूवात देखि नै उपभोक्ताको श्रम शोषण गरी मिटर बक्स वितरणमा समेत महँगो शुल्क असुली अनियमितता गरेको संघर्ष समितिको आरोप छ ।

संघर्ष समितिका उपाध्यक्ष तेजकुमार ईङनामले विद्युतीकरणमा भएको अनियमितताबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीमा उजुरी दिएको बताए । संघर्ष समितिले भदौ १८ गते शनिबार सक्रान्तिबजारमा त्यसबारे अन्तरक्रिया र विशेष पत्रकार सम्मेलनको आयोजना गरेको छ ।

 

उपभोक्ताहरूले नरेन्द्रकुमार फोम्बो अध्यक्ष र अमरबहादुर सार्की सचिव रहेको संघर्ष समिति गठन गरेका छन् । समितिले भदौ १८ गते शनिबार त्यसबारे गाउँपालिका क्षेत्रका उपभोक्तासँग अन्तरक्रिया गर्न लागेको उपाध्यक्ष ईङनामले जानकारी दिए । उनकाअनुसार प्राधिकरण र ठेकेदार कम्पनीले २२ सय पर्ने मिटर बक्सलाई २७ सय रुपैयाँदेखि ४ हजार रुपैयाँसम्म लिएर ठगी गरेको छ ।

समितिकाअनुसार यहाँ विद्युतीकरण गर्न र केन्द्रीय प्रशारण लाइन जोड्ने काममा ग्रामीण विद्युतीय कार्यक्रम सञ्चालनका लागि ईश्वरी निर्माण सेवा प्रालि र शशीधर निर्माण सेवा प्रालिले ठेक्का लिएका छन् ।

ती कम्पनीका सञ्चालक, कर्मचारीहरु र विद्युत प्राधिकरणका कर्मचारीहरु समेतको मिलेमतोमा प्रचलित ऐन कानुन विपरीत अनावश्यक रकम असुल गरेको र जनश्रमदान गराएको आरोप छ । संघर्ष समितिले सर्वसाधारण उपभोक्ताको विवशताको फाइदा उठाएर ठगी गर्ने कम्पनी र प्राधिकरणका कर्मचारीहरूलाई कारबाहीको दायरामा ल्याउन आव्हान गरेका छन् ।

यस्तो छ उजुरी :

 

तपाईको प्रतिक्रिया