विराटनगर । नोबेल अस्पताल विराटनगरमा उपचाररत २९ वर्षीय एक बिरामीले बुधबार बिहान अस्पतालको दोस्रो तलाबाट हामफालेका छन्।

झापाको गौरीगञ्ज नगरपालिका–६ का आशिष लुइँटेलले अस्पतालको दोस्रो तलमा रहेको झ्यालबाट बिहान ७:१० बजेतिर हामफालेको प्रहरीले जनाएको छ। भुइँमा बजारिएका उनको टाउको, निधार लगायत शरीरका विभिन्न भागमा चोट लागेको छ। अवस्था गम्भीर रहेका उनको नोवेलमै उपचार भईरहेको छ।

मानसिक समस्याको उपचार गराइरहेका लुइँटेललाई गत भदौ १० गते अस्पताल भर्ना गरिएको थियो अस्पतालले जनाएको छ।

तपाईको प्रतिक्रिया