काठमाडौं । नेपालीहरुले दैनिक १ अर्बभन्दा बढी रुपैयाँ धुवाँमा उडाउँछन् । यो तथ्यांक चालू आर्थिक वर्षमा भने केही कम हो । गत वर्षहरुमा भने यो संख्या अझै बढी हुन्थ्यो । यसो सुन्दा तपाइलाई अच्चम लाग्न सक्ला गरिब देशमा दैनिक अर्बौँ रुपैयाँ धुवामा उडाउँछन । तर यो यथार्थ हो ।

नेपालीहरुले दैनिक रुपमा पेट्रोल र डिजेलमा मात्रै १ अर्ब ८ करोड ६२ लाख रुपैयाँ खर्च गरिरहेका छन् । नेपाल आयल निगमका अनुसार नेपालमा अहिले दैनिक रुपमा करिब २२ लाख लिटर पेट्रोल खपत हुन्छ । प्रतिलिटर १८१ रुपैयाँले हिसाब गर्दा पेट्रोलमा नेपालीहरुले ३९ करोड ८२ लाख रुपैयाँ खर्च गर्ने गरेका छन् ।

नेपाल आयल निगमका प्रवक्ता विनीतमणी उपाध्यायका अनुसार अहिले पेट्रोल दैनिक २२ लाख लिटर र डिजेल करिब ४० लाख लिटर खपत हुने गरेको छ । निगमको दैनिक खपत विवरण अनुसार डिजेल खपतमा मात्रै नेपालीहरुले दैनिक ६८ करोड ८ लाख रुपैयाँ खर्च गरिरहेका छन् । अहिले डिजेल १७२ रुपैयाँमा बिक्री वितरण भइरहेको छ ।

यो चालू आर्थिक वर्षमा केही कम मात्रै हो । गत आर्थिक वर्षको अन्तिम महिनामा पनि दैनिक पेट्रोल ४० लाख लिटर र डिजेल ६० लाख लिटर खपत हुने गरेको थियो । यसरी हेर्दा असार महिनामा भने नेपालीहरुले दैनिक रुपमा पेट्रोल र डिजेलकको खपत अझै बढी गर्ने गरेका थिए ।

पछिल्लो समय सरकारले सवारी साधन आयातमा लगाएको प्रतिबन्ध र सर्वसाधारण पनि विद्युतिय गाडिमा आक्रषित भएकाले पेट्रोल डिजेलको मूल्यमा कमी आएको हुन सक्ने प्रवक्ता उपाध्यायको भनाइ छ । ‘मनसुनको समयमा अघिपछि पनि केही कम मात्रै पेट्रोलियम पदार्थको खपत हुने गरेको थियो तर यो पटक अलि धेरै नै कम भएको छ,’ उनले भने ।

विकास निर्माणका कार्य कम हुने तथा मनसुनका कारण सवारी साधनको प्रयोग पनि कम हुने कारणले पेट्रोल र डिजेलको खपत कम हुने गरेको छ ।

दैनिक १८ करोडको ग्यास खपत

नेपालीहरुले अहिले दैनिक रुपमा १८ करोड बराबरको ग्यास खपत गर्ने गरेका छन् । दैनिक औषतमा १ लाख सिलिण्डर ग्यास बिक्री हुने गरेको निगमका प्रवक्ता उपाध्यायले जानकारी दिए । एक सिलिण्डरको मूल्य १ हजार ८०० ले हिसाब गर्दा नेपालीहरुले १८ करोडको दैनिक ग्यास खपत हुन्छ ।

तपाईको प्रतिक्रिया