काठमाडौं ।  कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्दा रकम नमाग्न, नउठाउन मातहतका समितिहरूलाई निर्देशन दिएको छ।

कांग्रेस केन्द्रीय कार्यालयले सोमबार मातहतका समितिहरूलाई पत्राचार गर्दै यस्तो निर्देशन दिएको हो। प्रदेश, जिल्ला, प्रतिनिधिसभा र प्रदेशसभा क्षेत्रीय समितिहरूलाई पत्राचार गर्दै कांग्रेसले पार्टीका क्रियाशील सदस्यता शुल्क र सहयोग रकम (लेबी)बाहेकका कुनै रकम नउठाउन निर्देशन दिएको छ।

‘कतिपय पार्टी निकायबाट आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्दा नगद माग गरिएको जानकारी प्राप्त हुन आएकाले केन्द्रको गम्भीर ध्यानाकर्षण भएको छ,’ पत्रमा भनिएको छ, ‘विभिन्न पदीय जिम्मेवारी र लाभको पदमा रहेका पार्टी सदस्यबाट विधान तथा नियमावलीबमोजिम सम्बन्धित पार्टी निकायले लिनुपर्ने सदस्यता शूल्क र लेबीबाहेक उम्मेदवार सिफारिस गर्दा कुनै पनि तहको कार्यसमितिले कुनै पनि प्रकारको रकम गर्नु–उठाउनु विधानविपरीतको काय हुने भएकाले त्यस्तो कार्य नगर्नु–नगराउनु हुन निर्देशन गरिन्छ।’

तपाईको प्रतिक्रिया